यती डेभलपमेन्ट बैंकको आंखा शिबिर, ३०० जनाको आँखा जाँच

  २०७३ कार्तिक २८ गते १९:०६     विकासन्युज

manakamna_dev_bankभक्तपुर, २८ कात्तिक । यती डेभलपमेण्ट बैंकले भक्तपुरको आफ्नै शाखाको परिसरमा सामुदायिक आंखा केन्द«को सहकार्यमा शनिवार आंखा शिबिर संचालन गरेको छ । उक्त शिबिरमा भक्तपुर, चांगुनारायण र नगरकोटका करीब ३०० जनाले आंखा जांच गराएको बैंकले जनाएको छ ।

शिबिरमा आंखा जांच गराएका मध्ये १२ जना बृद्ध÷बृद्धाहरुको मोती बिन्दुको शैल्यकृया गर्नु पर्ने देखिएकोले उनीहरुलाई तिलगंगा आंखा अस्पतालसम्म लाने र ल्याउने ब्यबस्था समेत बैंकले मिलाएको छ । यस बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक महिना कुनै न कुनै सामाजिक सेवाका कार्यहरु गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.