गोर्खाज फाइनान्सको सुनचादी कर्जा योजना सार्वजनिक

  २०७३ कार्तिक २९ गते १०:४२     विकासन्युज

कात्तिक ,२९ काठमाडौं । गोर्खाज फाइनान्सले न्युरोड शाखाबाट सुनचादी कर्जा योजना सार्वजनिक गरेको हो । संस्थाले २३ औ बार्षिकोत्सवको अवसर पारेर सुन चादी कर्जा योजना सार्वजनिक गरेको हो ।  त्यस्तैगरी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुरको श्री सिद्धि सालिग्राम जेष्ठ नागरीक आश्रमलाई दुई थान टेलिभिजन प्रदान गरेको छ भने भक्तपुर क्यान्सर अस्पताललाई पाँच थान ह्वील चेयर प्रदान गरेको छ । सोही अवसरमा वर्षका उत्कृष्ट कर्मचारी विष्णुप्रसाद खतिवडालाई सम्मानित गरेको छ ।go
संस्थाले २०७२ असार मसान्त सम्ममा एक अर्व २४ करोड निक्षेप र एक अर्व दुई करोड कर्जा प्रबाह गरेको जनाएको छ ।
यस संस्थाले मोबाईल बैकिङ मार्फत ग्राहकहरुले बिभिन्न सेवा उपभोग गर्न सक्नेछन् । गा्रहकहरुले मोबाईल टपअप, रिचार्ज, फण्ड ट्रान्सफर, युटिलिटि पेमेन्ट, तथा सोधपुछ अनुरोध गर्न सक्नेछन् । डेबिट कार्ड सेवा मार्फत एससीटी नेटवर्क भएका सवै एटीएमबाट ग्राहकहरुले सेवा लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.