नबिल बैंक फ्रष्ट एण्ड सलिभन “बेस्ट प्राक्टीसेज अवार्ड”बाट सम्मानित

  २०७३ कार्तिक २९ गते १६:५१     विकासन्युज

काठमाडौ, २९ कात्तिक । नबिल बैंंक फ्रस्ट एण्ड सलिभन “बेस्ट प्राक्टीसेज अवार्ड २०१६ ”को उत्कृष्ट वित्तिय संस्थाबाट सम्मानित भएको छ । सो सम्मान पूर्व अर्थमन्त्री डा.रामशरण महतद्धारा प्रदान गरिएको थियो । नबिल बैंक सन् २०१६ मा नै “उत्कृष्ट वित्तिय संस्था” बाट सम्मानित भएको यो दोस्रो पटक हो । बैंंकले १९ अगष्टमा पनि “तेस्रो न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१६” मा “सर्वोतकृष्ट वाणिज्य बैंक” सम्मान प्राप्त गरेको थियो ।
nabil
बैंकको तर्फबाट सम्मान थाप्न जोखिम अधिकृत अनिलकुमार खनाल गएका थिए । उनले नबिल बैंक देशकै पहिलो निजीक्षेत्रको संयुक्त लगानीमा स्थापित बैंक भएकाले ग्राहको माग अनुसार आफ्ना सेवाहरु उपलब्ध गराउँदै आएको बताउँदै त्यो नै बैंक सफल हुनुको एक मात्र सुत्र भएको बताए । सम्मान कात्तिक २४ गते प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.