जेटीइका दुई स्मार्टफोन बजारमा

  २०७३ कार्तिक ३० गते १३:५३     विकासन्युज

काठमाडौं । चिनियाँ मोवाइल उत्पादक कम्पनी जेडटीइले दुई नयाँ स्मार्ट फोन नेपाली बजारमा भित्र्याएको छ । जेडटीइका एक्जन मिनी र एक्जन इ—लाइट नेपालमा भित्रिएका हुन् । यसअघि सो कम्पनीले नेपालमा भित्र्याएको ब्लेड सिक्स, ब्लेड थ्री, ब्लेड डी टु, ब्लेड एल फाइभ प्लस, ब्लेड एल फाइभ र ब्लेड एस सेभेन मोवाइल उत्कृष्ट सावित भएको कम्पनीले दावी गरेको छ ।zte-axon-elite-phne-front-a

कम्पनीका अनुसार एक्जन इलाइट स्मार्ट फोन ५.५ इन्चको फुल एचडी डिस्प्ले छ भने १३ मेगा पिक्चल प्राइमरी क्यामेरा र २ मेगा पिक्सल सेकेन्डरी क्यामरा रहेको छ । एन्ड्रोइड ५.०.२ ललिपप भर्सनको यो फोनमा ३ जीबी र्याम र ३२ जीबीको इन्टरनल स्टोरेज क्षमता छ । फोनले फोरजी तथा थ्री जी दुबै सर्पोट गर्छ । यसको मुल्य ३३ हजार ९ सय पर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै अर्को स्मार्ट फोन एक्जन मिनी पनि ५.२ इन्चको फूल एचडी डिस्प्ले छ । फोनमा सेन्सर लक जडान गरिएको छ । यस स्मार्टफोनमा १३ मेगा पिक्सलको रियर क्यामेरा र सेल्फीको लागि ८ मेगा पिक्सलको क्यामेरा छ । फोनमा ३ जीबीको र्याम र ३२ जीबीको इन्टरनल स्टोरज क्षमता छ । एन्ड्रोइड ५ं१ं.१ ललिपप भर्सनको फोनमा २८ एमएएच पावरको ब्याट्री छ । यो फोनमा ३२ जीबी इन्टरनल मेमोरीको क्षमता रहेपनि १३२ जीबीसम्म एक्सपान्ड गर्न मिल्नेछ । यो स्मार्टफोनको मूल्य २५ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.