२०८० जेठ २४ गते १९:०० विकासन्युज
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले नेपाल राष्ट्र बैंकसँगकाे मुद्दा हारेको छ ।
लघुवित्तले नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाएर आफुले प्रस्ताव गरेको जति सबै लाभांश वितरण गर्न पाउनु पर्ने माग गर्दै जेठ ५ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो ।
बुधबार न्यायधीशद्वय इश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलाशले उक्त मुद्दाको अन्तरिम आदेश नहुने भन्दै आदेश दिएको हो ।
यसअघि सो रिटमा जेठ ९ गते न्यायधीश सुष्मालता माथेमाको एकल इजलाशले लाभांश घटाउने राष्ट्र बैंकको निर्देशन कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो ।
नेष्डो लघुवित्तले ७३.६८४२ प्रतिशत लाभांश वितरण गर्न गरेको प्रस्तावमा राष्ट्र बैंकले रोक लगाएर १७.९३ प्रतिशत लाभांश मात्र बाड्न निर्देशन दिएको थियो ।
याेसँगै अब कम्पनीले १७.९३४२ प्रतिशत लाभांश मात्र वितरण गर्न पाउने छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.