बजाजको मोटरसाइकल शुन्य प्रतिशत ब्याजमा किन्न सकिने

  २०८० जेठ २८ गते १६:४४     विकासन्युज

काठमाडौं । बजाज मोटरसाइकलले फाइनान्स जात्राको सुरुवात गरेको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले काठमाडौं उपत्यकाका ग्राहकहरुको लागि फाइनान्स सेवाको सुरुवात गरेको हो ।

शुन्य प्रतिशतमा बजाजसँग यात्रा ट्यागलाइन राखिएको यस फाइनान्स जात्रा अन्तर्गत उपभोक्ताले कुनै पनि बजाज मोटरसाइकल १८ महिनासम्मको किस्तामा शून्य प्रतिशत ब्याजमा खरिद गर्न सक्नेछन् । जसले गर्दा बजाजका मोटरसाइकलहरु खरिद गर्न चाहने उपभोक्तालाइ अझै सजिलो भएको छ ।

उपत्यकामा जात्रालाई जसरी विशेष महत्व दिएर मनाइने गरिन्छ त्यसरी नै बजाजले पनि आफ्नो फाइनान्स जात्रालाई एक उत्सवका रुपमा मनाएर ग्राहक वर्गहरु माझ अझै सहज र उत्साहपूर्ण अफर प्रदान गर्ने प्रयत्न गरेको छ ।

यस फाइनान्स जात्रा अन्तर्गत उपत्यकाभित्र बजाज मोटसाइकल खरिदमा ५० प्रतिशत डाउन पेमेन्टमा १८ महिनासम्मको किस्तामा ० प्रतिशत ब्याजदरको फाइदा लिन सक्नेछन् ।

यो जात्रा काठमाडौं उपत्यकाभरिका १८ बजाज शोरूमहरुमा जेठ २८ देखि ३२ गतेसम्म ५ दिनको लागि लागुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.