२०८० असार ७ गते १०:२९ विकासन्युज
काठमाडौं । नमस्ते पेले ग्राहकका लागि विभिन्न अफर र क्यासब्याकको साथ नयाँ अभियान सुरु गरेको छ। यो अभियान असार ४ गतेदेखि सुरु भएको हो ।
यस अभियानअन्तर्गत बम्पर अफरका रुपमा दुई भाग्यशाली विजेताले ल्यापटप र स्कुटल जित्ने मौका पाउनेछन् । अफरका लागि योग्य हुन प्रयोगकर्ताले कुनै पनि सेवाको न्यूनतम दुई कारोबार पूरा गर्न आवश्यक छ ।
साप्ताहिक अफरहरु जस्तै स्मार्ट वाच, ट्राभल प्याकेज र उडान टिकटमा १०० प्रतिशत क्यासब्याकका लागि योग्य हुन प्रयोगकर्ताले कम्तिमा एउटा कारोबार एक हप्ताको अवधिमा गर्न आवश्यक छ ।
त्यसैगरी दैनिक अफरहरु जस्तै ५०० रुपैयाँ वालेट ब्यालेन्स, १जीबी डाटा प्याक र १०० रुपैयाँ क्यासब्याक विशेषगरी नमस्ते पे का नयाँ प्रयोगकर्ताका लागि हुन् । यस अफरका लागि योग्य हुन प्रयोगकर्ताले नमस्ते पे एप डाउनलोड र दर्ताका साथै केवाईसी प्रमाणित गर्नुपर्नेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.