२०८० जेठ ३२ गते १४:०७ विकासन्युज
काठमाडौं । आइआइएमएस कलेजमा अध्ययनरत छैठौं सेमेस्टरका विद्यार्थीले रक्तदान सम्पन्न गरेका छन् । विश्व रक्तदाता दिवसको अवसरमा कलेजमा ब्याच्लर अफ कम्प्युटर साइन्स (होन्स) छैठौं सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीहरुले उक्त कार्यक्रमको आयोजना गरेका हुन् ।
रक्तदान कार्यक्रममा एकसय २० जना भन्दा धेरै विद्यार्थीहरुले रक्तदान गरेका थिए । आयोजकले रक्तदान गर्ने विद्यार्थीहरुलाई खाजा तथा फलफूलको समेत उपलब्ध गराएको थियो । निस्वार्थ रक्तदानले रगतको आवश्यक पर्ने धेरै विमारीहरुलाई सहयोग पुग्ने भन्दै आयोजक विद्यार्थीले रक्तदाताहरुमा धन्यवाद पनि दिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.