फेन सेग्मेन्टमा एरोक्वाइट सिलिङ फेन नेपाली बजारमा

  २०७३ मंसिर ५ गते १४:२६     विकासन्युज

fan-segmentकाठमाडौं, ५ मंसिर । भारतकै चर्चित बहुराष्ट्रिय कम्पनी बिरला ग्रुप अन्तर्गतको सिके बिरला ग्रुपले नेपालमा थप बजार बिस्तार गरेको छ । बिभिन्न समूहमा गरी १.६ अर्ब अमेरिकी डलर लगानी गरेको बिरला ग्रुपको ओरियन्ट इलेक्ट्रिकले बजार बिस्तार गर्ने क्रममा शनिबार आवाज नआउनेर प्रचुर मात्रामा हावा दिने क्षमता भएको एरोक्वाइट सिलिङ फेन सार्वजनिक गरेको हो ।

कम्पनीले एरियो शृंखलामा पहिलो पटक छुट्टै प्रकारको असाधारण क्षमता भएको प्रिमियम सिलिङ फेन तयार पारेको जनाएको छ । यसका लागि शक्तिशाली मोटर अनि एरो डायनामिक डिजाइन गरिएको कम्पनीले दावी गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी इलेक्ट्रो–टेक २०१६ मा एक विशेष कार्यक्रमका विच यो फेन नेपालमा पहिलो पटक अनावरण गरिएको हो ।

कार्यक्रममा फेनको विषयमाथि  बोल्दै हेड इन्टरलेशनल सेल्स, ओरियन्ट इलेक्ट्रिकका दुर्गेश बक्सीले एरोक्वाइट सिलिङ फेनको नयाँ सिरिज नेपाली बजारमा ल्याउन पाएकोमा अत्यन्त उत्साहित भएको बताए । उनले भने–‘फेन सेग्मेन्टको क्षेत्रमा पायोनियर भएकाले करोडौं मानिसको लागि यो नयाँ फेनमा टेक्नोलोजिकल मार्भललाई परिचय गरेको छ । नेपाली बजारमा यस्तो शक्तिशाली फेन ल्याउन पाउँदा हामी अत्यान्त उत्साहित भएका छौं ।’

बक्सीले पहिलो पटक सबैसँग यो फेनलाई परिचित गराइसकेको भन्दै डिजाइ, क्राफ्टमेनसिप, अनि टेक्नोलोजिको दृष्टिकोबाट एरोक्वाइटले सर्वश्रेष्ठ उदाहरण पेश गर्न सक्ने बताए । उनका अनुसार चाँडै यो एरियो शृंखलामा फेनको अन्य प्रकार पनि बजारमा लञ्च गर्ने तयारी भइरहेको छ ।

हेड ब्राण्ड एवम् कर्पोरेटिभ कम्युनिकेशन ओरियन्ट इलेक्ट्रिकका अंशुबन चक्रवर्तीले फेनको सर्वप्रीय उत्पादक एवम् विशेषज्ञ भएको दाबी गर्दै भने, ‘नेपाल हाम्रो निम्ति महत्वपूर्ण बजार रहेको छ । जहाँ ५० प्रतिशतभन्दा धेरै शेयर एक्सपोर्ट गरिएको छ । इलेक्ट्रो टेक २०१६ को हामी एउटा अंग हुन पाएकोमा गर्भ गर्छौ ।’

ओरियन्ट एरोक्वाइट १२०० एमएम स्विप र सय प्रतिशत खियारहित ब्लेड उच्चस्तरको काँचद्वारा निर्मित छ । ब्लेडलाई दह्रो बनाउन यसमा एबिएसको मिश्रण गरिएको बताइएको छ । स्मुथ अनि शान्त सञ्चालनको निम्ति १८ पोल ठूलो मोटरसहित डबल बल बेयरिङको प्रयोग गरिएको छ।
विभिन्न प्रकारका राम्रा राम्रा डिजाइनमा हाइ ग्रोस प्रिमियम पियु फिनिस भएका फेनहरू छन् । यसको स्पिण्डल कबर भएको टब अनि बटम फेनोपी डिजाइन रहेको छ । टपको रिम अनि यसको माथिल्लो भाग स्टेनलेस स्टिलले सजिएको छ ।

सबै ओरियन्ट उत्पादनहरू नेपालमा प्रिमियर ओभरसिज प्रा.लि. काठमाडौंद्वारा वितरण गरिने जनाइएको छ । यसको बजार मूल्य १२ सय देखि १५ हजार रूपैयाँ सम्म पर्नेछ ।

 

के हो ओरियन्ट इलेक्ट्रोनिक्स ?

ओरियन्ट इलेक्ट्रोनिक्स १.६ बिलियन अमेरिकी डलरको लगानीमा बनेको  सिके बिरला ग्रुप भारतको एउटा अंग हो ।
ओरियन्ट भारतमा हाउसहोल्ड नाम बनेको छ । ओरियन्ट फेन इन्डस्ट्रिज भारतमा ६० वर्षदेखि सञ्चालनमा छ । भारतमा यसको मूल रूपमा उत्पादन सुविधा भए पनि यसको सञ्चालन लगभग विश्वका विभिन्न ३५ देशहरूमा हुन्छ । यो ब्राण्डले इनोभेटिभ साथै उच्चकोटीको उत्पादन प्रदान गर्दै करौडौं ग्राहकहरूमा विश्वसनीयता कायम गरेको छ। यसले फेन मात्र उपलब्ध नगराएर एप्लाइन्स, लाइटिङ अनि स्वीच गियर पनि उपलब्ध गराउँछ। ओरियन्ट इलेक्ट्रिक इलेक्ट्री सोलुसनको क्षेत्रमा वान स्टोभ सोलुसन प्रोभाइडरको रूपमा आफ्नो बजार बनाएको छ।

सीके बिरला
भारतकै उत्कृष्ट बहुराष्ट्रिय कम्पनी सीके बिरला ग्रुप १.६ बिलियन अमेरिकी डलको लगानीमा सञ्चालित छ । यसले म्याग्निफ्याक्टरिङ इन्जिनियरिङ, टेक्नोलोजी, हस्पिटल र शिक्षाको क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाइसकेको बताइन्छ । यसमा २० हजारभन्दा धेरै कर्मचारीहरू कार्यरत छन्। ३०वटा म्याग्नीफ्याक्टरिङ  फेसिलिटिज अनि ग्राहकमा आधारित कतिपय विश्वका प्रख्यात कम्पनी पनि समावेश छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.