२०८० साउन ५ गते १६:३० विकासन्युज
काठमाडौं । इकमर्स प्लेटफर्म एसवाई बजारले आयोजना गरेको ‘एसवाई बजार सपोटर्स मोटिभेसन प्रोग्राम’ सम्पन्न भएको छ । कस्मेटिक सामाग्री तथा एसवाई प्लेटफर्ममा उपलब्ध सामानको जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।
कार्यक्रममा १ सय भन्दा बढी जनाको सहभागिता थियो । कस्मेटिक सामाग्रीको बारेमा जानकारी मात्र नभई पछिल्लो पुस्तालाई स्वरोजगार बन्न मदत पुर्याउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको एसवाई बजारका प्रबन्ध निर्देशक बिमलराज गोसाईंले जानकारी दिए । उनका अनुसार कार्यक्रम दुई सिफ्ट गरेर भएको थियो ।
‘सहभागीहरूले बजारको सिनारियो बुझुन्, नेपाली बजारमा भित्रिएका सामानहरूको जानकारी पाउनु साथै जीवनशैलीमा परिर्वतन आओस् र व्यवहारमा लागू गर्न सकुन् भनेर कार्यक्रमको आयोजना गरिएको हो,’ उनले भने ।
केही गर्छु भन्नेहरूका लागि अवसर पनि प्रदान गर्दै आएको एसवाई बजारका प्रबन्ध निर्देशक गोसाईंले बताए । उनका अनुसार एसवाई बजारले नेपाली बजारमा आफ्नै ब्राण्डका कस्मेटिक सामाग्री पनि ल्याउने तयारीमा छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.