सफ्टवेरिका कलेजले आयोजना गरेको ‘टेक-एक्स २०२३’ सुरु (फोटो फिचर)

  २०८० साउन ११ गते १३:५६     विकासन्युज

काठमाडौं । सफ्टवेरिका कलेजले बिहीबारदेखि ‘टेक–एक्स २०२३’ आयोजना गरेको छ । काठमाडौंको डिल्ली बजारस्थित कलेज परिसरमा विद्यार्थीले तयार पारेका प्रोजेक्टहरूको चार दिने प्रदर्शनी सुरु भएको हो ।

आइतबारसम्म चल्ने उक्त प्रदर्शनीमा रोबोटहरूको वार मुख्य आकर्षणको रूपमा रहने कलेजले जनाएको छ ।

यस प्रदर्शनीको उद्घाटन सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले गरेको कलेजले जनाएको छ ।

यसका साथै एआई र साइबर सुरक्षा क्षेत्रमा विद्यार्थीहरूले तयार पारेका विभिन्न प्रोजेक्टहरू समेत हेर्न पाइनेछ । प्रदर्शनीमा नवप्रवर्तन सम्बन्धी ३० भन्दा बढी प्रोजेक्टका स्टलहरू रहने छन् ।

जसमा स्मार्ट ग्लास (चस्मा) तथा स्मार्ट ब्लाइन्ड स्टिक (दृष्टि विहीनले प्रयोग गर्ने छडी) र होम सेक्युरिटी सहित घरमा अनधिकृत व्यक्तिको घुसपैठ भएको थाहा पाउने सिस्टम रहेका छन् ।

यसबाहेक रिमोट मनिटरिङसहित डढेलो लागेको पहिचान गरी जानकारी दिने सिस्टम, फिल्ड मनिटरिङ तथा बाली निरीक्षण सिस्टमका लागि अग्मेन्टेड रियालिटी (एआर) र प्लानेटरी एक्सप्लोरेसन रोबोट पनि कलेजका विद्यार्थीहरूले बनाएका छन् ।

११ गतेदेखि १४ गतेसम्म चल्ने मेला बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निःशुल्क रूपमा अवलोकन गर्न सकिनेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.