कामना विकास बैंकले ३० प्रतिशत हकप्रद जारी गर्ने, चुक्ता पूँजी ८६ करोड रुपैयाँ पुग्ने

  २०७३ मंसिर १२ गते १४:४९     विकासन्युज

kamana_bikas_bankकाठमाडौं, १२ मंसिर । कामना विकास बैंकले सेयरधनीलाई ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको मंसिर १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको छ ।

बैठकको निर्णयलाई राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । हाल बैंकको चुक्ता पूँजी ६६ करोड १६ लाख रुपैयाँ रहेको छ । हकप्रद वितरण पश्चात बैंकको चुक्ता पूँजी ८६ करोड रुपैयाँ पुग्ने छ । हाल बजारमा बैंकको प्रतिकित्ता सेयर ३५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.