पपुवा न्यूगिनीको टिसा बैंकको चिफ रिस्क अफिसरमा सचिनजङ्ग रायमाझी

  २०८० साउन २८ गते ८:४४     विकासन्युज

काठमाडौं । नेपाली बैंकर सचिनजङ्ग रायमाझी पपुवा न्यूगिनीको दि टिचर सेभिङ्ग एण्ड लोन सोसाइटी (टिसा) बैंक लिमिटेडमा नियुक्त भएका छन् । रायमाझी टिसा बैंकको चिफ रिस्क अफिसर पदमा नियुक्त भएका हुन् ।

उनी टिसा बैंकमा तीन वर्षका लागि नियुक्त भएका हुन् । यसअघि रायमाझी हिमालयन बैंकको असिस्टेन्ट चिफ एक्जिक्यूटिभ अफिसर थिए ।

साविक सिभिल बैंक छोडेका सुनिल पोखरेल सो बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रुपमा काम गरिरहेका छन् । सीईओ पोखरेलले नै रायमाझीलाई टिसा बैंकमा बोलाएका हुन् ।

साविक सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रहेका रायमाझीसँग साढे दुई दशकको बैंकिङ अनुभव छ ।

उनले नेपाल बंगलादेश बैंकबाट करिअर सुरु गरेका थिए । साथै, प्रभु बैंकको नायव महाप्रबन्धक भएर पनि काम गरिसकेका छन् ।