२०७३ मंसिर १२ गते १६:४० विकासन्युज
काठमाडौं, १२ मंसिर । कन्ट्री डेभलपमेन्ट बैंकको ८ दशमलब ८९५ प्रतिशत प्रश्तावित लाभांशलाई राष्ट्र बैंकले स्वीकृति दिएको छ । राष्ट्र बैंकले ८ दशमलब ४५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ० दशमलब ४४५ प्रतिशत लाभांश दिने कम्पनीको निर्णयलाई स्वीकृति दिएको छ ।
उक्त राष्ट्र बैंकको स्वीकृतिलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पूँजी ३३ करोड २८ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको नयाँ पूँजी ३६ करोड रुपैयाँ पुग्ने छ । आइतबार बैंकको प्रतिकित्ता सेयर २३५ रुपैयाँमा किनबेच भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.