कक्षा १२ को नतिजा : ३ दशमलब ६१ देखि ४ जिपिए ल्याउने ६ हजार ९७६ जना

  २०८० साउन ३० गते १९:२६     विकासन्युज

काठमाडौं । कक्षा १२ को नतिजामा ६ हजार ९७६ जना विद्यार्थीले ३ दशमलब ६१ देखि ४ जिपिए ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा लिएको कक्षा १२ को परीक्षामा ३ लाख ७२ हजार ६ सय ३७ जना विद्यार्थी मध्ये ६ हजार ९७६ जना विद्यार्थीले सो जिपिए ल्याएका हुन् ।

त्यस्तै, ३८ हजार ९९९ जना विद्यार्थीले ३ दशमलब २१ देखि ३ दशमलब ६०, ६९ हजार एकसय ७४ जना विद्यार्थीले २ दशमलब ८१ देखि ३ दशमलब २० र ६३ हजार ७७ जना विद्यार्थीले २ दशमलब ४१ देखि २ दशमलब ८० जिपिए ल्याएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अनुसार ११ हजार चार सय ३८ जना विद्यार्थीले २ दशमलब ०१ देखि २ दशमलब ४० र ४७ जना विद्यार्थीले १ दशमलब ६१ देखि २ जिपिए ल्याएका छन् । एक लाख ८२ हजार नौ सय २६ जना विद्यार्थी भने कम अंक प्राप्त गरेका कारण नन ग्रेडिङमा परेका छन् । अघिल्लो वर्षको तुलनामा विद्यार्थीको नतिजामा सुधार आएको बोर्डले प्रकाशित गरेको नतिजाले देखाएको छ ।

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा