२०७३ मंसिर १३ गते ११:४९ विकासन्युज
काठमाडौं, १३ मंसिर । टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना लगानीकर्ताहरुलाई १९.८ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको सञ्चालक समितिको सोमबार बसेको बैठकले गत वर्षको मुनाफाबाट १९.८ प्रतिशत बोनस सेयर दिने भएको निर्णय गरेको हो ।
कालिञ्चोक डेभलपमेन्ट बैंक र मातृभूमि विकास बैंकलाई मर्जको हिसाब गर्दा भने बोनस दर १८.६ प्रतिशतमात्र हुने बैंकले जनाएको छ। सञ्चालक समितिको निर्णय नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण गरिने छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.