२०८० भदौ २ गते १४:५७ विकासन्युज
काठमाडौं । काठमाडौंको वसन्तपुरमा ‘तस्बिरमा बालबालिका’ नामक फोटो प्रदर्शनी आयोजना गरिएको छ । १८४ औं विश्व फोटोग्राफी दिवसको अवसर पारेर राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे) सिविन नेपालको सहयोगमा शनिवार (आज) एकदिने सो फोटो प्रदर्शनी आयोजना गरेको हो ।
प्रदर्शनीमा बालबालिकाका गौरवगाथाहरुलाई चित्रण गर्ने खालका ६० भन्दाबढी तस्बिरहरु समावेश गरिएका छन् । बालबालिकाहरुमा खुशीयाली ल्याउन सो प्रर्दशनी आयोजना गरिएको एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।
‘१८४ औं विश्व फोटोग्राफी दिवसको असरमा हामीले शनिवार वसन्तपुरको डबलीमा सिविन नेपालको सहयोगमा ह्याप्पी बालबालिका, जो राष्ट्रिय गौरव हुन भन्ने नाराका साथ फोटो एक्जीविशन गरेका छौं । यसमा करिव ६० वटा फोटो राखिएको छ । बालबालिकाहरु गुम्न आउने, खेल्न आउने भएको यो ठाउँमा विभिन्न जिल्लाका बालबालिकाहरुको क्रियाकलापहरु समेटिएको फोटो प्रर्दशन गरिएको हो । बालबालिकाहरुमा खुशीयाली ल्याउन पनि यो प्रर्दशनी आयोजना गरिएको हो’, अध्यक्ष पन्तले भने ।
‘बालबालिका राष्ट्रका गौरव हुन्’ भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रर्दशनीमा विभिन्न जिल्लाका बालबालिकाहरुले खुशीका साथ गरेका क्रियाकलापहरु समावेश गरिएको तस्स्बिरहरु छन् । एनएफपीजेले आफ्नो स्थापनाको २५ वर्ष पुगेको अवसर पारेर खेल, मनोरञ्जन र काममा खुशीका साथ सहभागी भएका बालबालिकाहरुलाई थप उत्साही बनाउने उद्देश्यका साथ सो प्रदर्शनी गरिएको जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.