२०७३ मंसिर १३ गते १४:४० विकासन्युज
एक दशकभन्दा बढी समयदेखि मोवाइल ब्यवसायमा सक्रिय रहँदै आएको प्रतिष्ठित ब्यापारीक घराना जेएसएस ग्रुपले लिएगो ब्राण्डको मोवाइल नेपाली बजारमा बिक्री शुरु गरेको छ । विश्वका विभिन्न २० मुलुकहरुमा राम्रो उपस्थिति जनाइसकेको यो मोवाइल ब्राण्ड नेपालको लागि भने नयाँ हो । यो फोनमा अत्याधुनिक सुविधाको साथै निकै बलियो भएको कम्पनीको दावी छ । स्टाइलिस र नयाँ विषेशताका साथ निर्माण गरिएको लियागो फोनले वालमा किला ठोक्दा होस् वा गाडीले किच्दासमेत असर नपर्ने कम्पनीको भनाई छ । लियागो फोनले नेपाली उपभोक्तको मन कसरी जित्न सक्छ ? यसको विशेषता के छन् ? प्रतिश्पर्धात्मक बजारमा यसको उपस्थिति कस्तो रहन्छ भन्ने विषयमा रहेर देशविकास साप्ताहिकले जेएसएस ग्रुपका प्रबन्ध निर्देशक मोहन वंशलसँग गरेको कुराकानीः
लिएगो ब्राण्डको स्मार्ट फोन भित्र्याउनु भयो, यसमा त्यस्तो के विषेशता छ ?
बजारमा प्रशस्तै स्मार्ट फोनहरु भित्रिएका छन् । यति हुँदाहुँदै पनि हामीले नयाँ ब्राण्डको लिएगो स्मार्ट फोनमा केहि नयाँ विषेशता पायौं र नेपाली बजारमा ल्याउने आँट ग¥यौं । यो आफैमा एउटा स्टाईलिस फोन हो, नेपाली बजारमा माथिदेखि तलसम्मका उपभोक्ताले खरिद गर्न सक्ने भरपर्दो, मजबुत र गुणस्तरीय छ । जसमा फङ्सनहरु अपग्रेडेड छ, ¥याम, रुम अपग्रेड छ । अहिले बजारमा भएका फोनहरुमा अक्टाकोर प्रविधि छ तर लिएगोमा डेगाकोर प्रविधि प्रयोग भएको छ जुन पहिलो पटक नेपाली उपभोक्ताले प्रयोग गर्न पाउने छन् । यसकोे स्क्रिन साह्रै वलियो हुनाले ओखर फुटाउदासमेत कुनै स्क्राच हुन्न । यो हामीले प्रयोग गरेर देखाइसक्यौं । लिएगोमा यस्ता धेरै विषेशता छन् जुन उपभोक्ताले प्रयोग गरेपछि मात्रै यसको अझै महत्व बुझ्नेछन् ।
प्रतिस्पर्धाको बजारमा लिएगोको उपस्थितिले कति स्थान लिने अनुमान गर्नुभएको छ ?
नेपाली बजारका उपभोक्ता सचेत भइसकेका छन्, केहि नयाँ चाहान्छन् । लुगाभन्दा छिटो मोवाइल फेर्ने चलन आइसक्यो । यस्तो अवस्थामा उपभोक्तको माग अनुरुप नै बजारमा लिएगो आएको छ । बजार हिस्सा कति ओगट्छ त्यो अहिले नै भन्न सक्ने अवस्था छैन । तर एउटा लगानीकर्ताको आँखाले हेर्दा केहि समयकै अन्तरालमा बजारमा रहेका ब्राण्डमा टपटेन भित्र पर्ने लिएको मोवाइल पर्ने विश्वास लिएका छौं ।
उपभोक्ताले कति थरिका र कति कलरका मोवाइल प्रयोग गर्न पाउनेछन् ?
उपभोक्ताको मनोविज्ञानलाई बुझेर कम्पनीले चार सिरिजमा ११ वटा मोडेलका मोवाइलहरु निर्माण तथा वितरण गरेको छ । जसमा गोल्डेन, रोज गोल्ड, ह्वाइट र ग्रे गरी चार किसिमका कलरहरु छन् । ५ दशमलव ७ यसको स्क्रिन साइज छ । १३ मेगापिक्सेल क्षमताको फ्रन्ट, व्याक क्यामेरा रहेको छ । यसर्थमा उपभोक्ता आफूले चाहेको कुनैपनि मोडल वा रंगको मोवाइल उपभोग गर्न सक्नेछन् ।
लिएगो कहाँको उत्पादन हो र यसको अन्तराष्ट्रिय बजार कस्तो छ ?
अहिले विश्व बजारमा स्मार्ट फोनले ठूलो हिस्सा ओगटेको छ । प्रायः बी सबै चाइनामा बनेका छन् । नाम चलेका ठूला ब्राण्डका मोवाइलसमेत चाइनामा बन्ने गर्छ । कुन देशमा बनेको भन्दा पनि कस्तो गुणस्तर र विषेशता छ, त्यो हेर्नुपर्छ ।
विश्व बजारमा लियागो स्टाईलिस फोन उत्कृष्ट रहेको पाएका छौं । जसले अपग्रेड प्रविधि प्रयोग गर्छ, सस्तो मूल्यमा उपलब्ध गराउँछ र राम्रो सेवा दिन्छ त्यसले मार्केट लिने हो । र यसमा लिएगोले सन् २०१८ सम्म विश्वकै टपटेन ब्राण्ड बन्ने लक्ष्य लिएको छ । विभिन्न मोडलका मोवाईलहरु छन् त्यसको मूल्य न्यूनतम ५ हजारदेखि ५० हजार रुपैयाँ सम्म मूल्य तोकिएको छ ।
नेपालमा कसरी बजार विस्तार गर्दै हुनुहुन्छ ?
बजार र उपभोक्ताको माग अनुसार पुरै नेपालमा मार्केट विस्तार गर्ने तयारीमा छौं । एकै पटक चारैतिर विस्तार गर्न सकिंदैन । तरपनि देशका मुख्य शहरहरुमा हाम्रो उपस्थिति रहन्छ । काठमाडौंबाटै हाम्रो सेवा सुरु हुन्छ ।
मोवाइल बिक्रीपछि दिइने सेवा वा सर्भिस सेन्टर कस्तो हुनेछ ?
हामीले मोवाइल बेच्ने मात्र होइन, बिक्रीपछि पनि सेवा दिने गरी देशभरी ३८ वटा सर्भिस सेन्टर स्थापना गरेका छौं । लिएगो आउनु पहिला नै हामीसँग किवि मोवाइलका ती सर्भिस सेन्टरहरु थिए र यसैलाई वैधानिकता दिएर लिएगोको पनि सेवा दिनेछौं । यस्ता सेन्टरहरुले जहाँबाट किनेको भएपनि सेवा दिनेछन् । यसैमा हामीले अनलाइन सर्भिस पनि दिएका छौं । अनलाइनमार्फत ग्राहकले बनाउन दिएको फोन कस्तो अवस्थामा छ भनेर समेत थाह पाउन सक्छ, त्यसको लागि हामीले ट्रयाकिङ नम्वर पनि दिएका हुन्छौं । त्यसैको आधारमा ग्राहाकले फलो गर्न सक्छन् । यस्तो सेवा हामी नेपालमा पहिलोपटक दिंदैछौं । अर्को कुरा लेभल हेरेर मोवाइल मर्मत हुन सक्ने र नसक्ने आधारमा सेवा दिइन्छ । चौविस घण्टा, ७२ घण्टाको समय राखेर सेवा दिने र केहि कारण फोन बन्नै नसक्ने अवस्था आएमा १२ दिन भन्दा पछाडि नयाँ फोन उपलब्ध गराउँछौं । यो हाम्रो प्रतिवद्धता हो ।
मोवाइल बजार प्रतिस्पर्धा बढेको देखिन्छ, व्यवसायले गर्नेको लगानी कत्तिको जोखिममा छ ?
विजनेशमा ‘नो रिक्स नो गेन’ भनिन्छ । कुनैपनि विजनेश जोखिमविहीन हुनै सक्दैन । त्यसमाथि महँगा–महँगा मोवाइलहरु ल्याएका हुन्छौं, यस्तो अवस्थामा उपभोक्ताले मन पराएनन् र बिक्री गर्न सकिएन भने क्षति हुने डर हुन्छ । यद्यमी हामीलाई विश्वास छ कि लिएगो मोवाइल नेपाली बजारमा छिट्टै स्थापित हुनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.