एईसीसी नेपालले शैक्षिक मेला ‘ग्लोबल एजुकेसन फेयर’ आयोजना गर्दै

  २०८० भदौ ५ गते १०:३८     विकासन्युज

काठमाडौं । एईसीसी नेपालले यही भदौ ६ र ८ गते निःशुल्क शैक्षिक मेला ‘ग्लोबल एजुकेसन फेयर’ अयोजना गर्ने भएको छ । कक्षा १२ उत्रिर्ण विद्यार्थीहरुलाई लक्षित गरी मेला आयोजना गर्न लागिएको कम्पनीले जानकारी दिएको छ ।

मेलामा सहभागी विद्यार्थीहरुले अष्ट्रेलिया, क्यानडा, यूएसए, यूकेका उत्कृष्ट विश्वविद्यालयका प्रतिनिधिसँग विदेश अध्ययनका लागि भर्ना, छात्रवृत्ति, फाइनान्सियल तथा भिसा डकुमेन्टेशनका बारेमा प्रत्यक्ष परामर्श लिन सक्नेछन् ।

साथै, विद्यार्थीहरुले आईईएलटीएस, पीटीई, टोफल जस्ता भाषा कक्षामा भारी छुट पनि पाउने एईसीसी नेपालले जनाएको छ ।

अष्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका र न्युजिल्याण्डका प्रमुख विश्वविद्यालयहरुका प्रतिनिधिहरुसँग एउटै छातामुनी अन्तरक्रिया गर्न पाउनेछन्।

सो कार्यक्रममा विद्यार्थीहरुले विभिन्न क्विज खेली उपहार जित्नसक्ने र कक्षाहरुमा २० देखि ५० प्रतिशतसम्म छुट पाउन सक्नेछन् । मेलामा सहभागी हुन कुनै शुल्क नलाग्ने एईसीसीले जनाएको छ ।