प्राइम बैंकले काठमाडौंमा घरजग्गा र कार बेच्दै

  २०८० भदौ ११ गते ८:०३     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंकले गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेका गैर बैंकिङ््ग सम्पत्तिहरु घरजग्गा तथा सवारी साधन बिक्री गर्ने भएको हो ।

बैंकको नाममा मालपोत कार्यालय साँखु काठमाडौंमा दर्ता कायम रहेको कागेश्वरी नगरपालिका ४ स्थित कित्ता नम्बर १३६१ को ०–४–३–३ को घरजग्गा र जग्गाले चर्चेको सम्पत्ति बिक्री गर्ने बैंकले जनाएको छ ।

यस्तै, बा २१ प ९५ नम्बरको टाटा मोटर्स हेक्सा २०१८ को मोडल भएको सवारी साधन बिक्री गर्ने भएको हो ।

बैंकले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी १५ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.