२०८० भदौ १२ गते १२:१६ विकासन्युज
एजेन्सी । यान्त्रिक गडबडीका कारण टोयोटा मोटरले उत्पादनसम्बन्धी सबै काम रोकेको छ । कम्प्युटर प्रणालीमा उत्पन्न खराबीका कारण जापानमा रहेका कम्पनीका १४ मध्ये १२ वटा एसेम्ब्ली प्लान्टको सञ्चालन मंगलबार बिहानैदेखि स्थगन गरिएको जनाइएको छ ।
टोयोटा मोटरका प्रवक्ताका अनुसार कारखानामा उपभोक्ताले मंगलबार बिहानैदेखि सवारी साधनका पार्टपुर्जा अर्डर गर्न नपाएकाे र कम्प्युटर प्रणाली कहिले सञ्चालन आउँछ भन्ने स्पष्ट छैन । फुकुओका प्रिफेक्चरको मियाता प्लान्ट र दाइहात्सु मोटर कम्पनीको क्योटो प्लान्ट बाहेक २५ कारखाना प्रभावित भएका छन् ।
गत वर्ष फेव्रुवरीमा टोयोटाले कम्पनीमा सरसामान र उपकरण आपूर्तिकर्ता कोजिमा इन्डस्ट्रिज कर्पोरेशनको प्रणालीमा समस्या हुँदा देशभरका सबै कारखाना बन्द भएका थिए । त्यस बेला १४ वटै कारखानामा काम नहुँदा १३ हजार सवारी साधन उत्पादन रोकिएिको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.