२०८० भदौ १५ गते १३:०५ विकासन्युज
काठमाडौं । आइएनजी स्किल एकेडेमीले वीरगञ्जको टाउन हल पार्टी प्यालेसमा फ्युचरामा नामक प्राविधिक कार्यक्रम आयोजना गरेको छ ।
नयाँ पुस्तालाई भविष्यको प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एकेडेमीले विज्ञप्ति जारी गरेर बताएको छ ।
कार्यक्रममा रोबोटिक्स, हिड्ने पियानो, ड्रोन र गो कार्टमा प्रदर्शनी आयोजना गरिएको थियो । कार्यक्रममा कार रेस, लाइन फलोइङ रोबोट, एनिमेसन र भीएफएक्स जस्ता रोमाञ्चक प्रदर्शनी समावेश भएको एकेडेमीले बताएको छ ।
फ्युचरामाले प्रविधि र दीगो व्यापारलाई पनि सम्बोधन गरेको थियो । कार्यक्रममा सहभागीहरुलाई खेती गर्न प्रोत्साहित गरेर उद्यमशीलता र आइटीलाई एकाकार गर्ने विषय प्रस्तुत गरिएको थियो ।
प्रदर्शनीमा सफल व्यवसाय सुरु गर्न र प्रविधिको सहायताले त्यसलाई बढाउन गरेको सहयोगको बारेमा भएको अभिमुखीकरण चाखलाग्दो भएको कार्यक्रममा सहभागी आयुष श्रेष्ठले बताए ।
वीरगञ्जनको फ्युचरामाले विभिन्न विद्यालय र कलेजका करीब १५ सय विद्यार्थीलाई जम्मा गरेर कार्यक्रम आयोजना गरिएको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.