आईएसएमटी एक्स्पो-२०२३ मा विद्यार्थीकाे आकर्षण (फोटोफिचर)

  २०८० भदौ १८ गते १६:२५     विकासन्युज

काठमाडौं । आईएसएमटी कलेजले आयोजना गरेको ‘आईएसएमटी एक्स्पो-२०२३’ आजबाट सम्पन्न भएकाे छ ।

विद्यार्थीहरूलाई सूचना प्रविधि बारे ज्ञान दिने उद्देश्यले गत शनिबारदेखि एक्स्पो आयाेजना गरिएकाे थियो ।

काठमाडौंको तीनकुने स्थित कलेज परिसरमा भएको सो एक्स्पोले एआई लगायत सफ्टवेयरका विषयमा विद्यार्थीहरूलाई जानकारी गराएकाे कलेजले बताएकाे छ ।

प्रदर्शनीमा विभिन्न कलेजका विद्यार्थीहरूको उल्लेख्य सहभागिता थियो । एक्स्पो अवधिभर सयाै‌ विद्यार्थीले अवलोकन गरेको कलेजले बताएको छ ।

एक्स्पोमा ११ भन्दा बढी स्टल राखिएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.