२०८० भदौ २६ गते १०:४० विकासन्युज
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले सेयरधनीलाई लाभांश नदिने भएको छ । भदौ २५ गते साँझ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।
यससँगै कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कुनैपनि लाभांश नपाउने भएका छन् ।
साथै, कम्पनीले उक्त आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाहका विवरणहरु स्वीकृतिको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणमा पेश गरिसकेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.