२०७३ मंसिर १७ गते ८:३१ विकासन्युज
काठमाडौं १७, मंसिर । प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोको अवधारणा अघि सारेको छ । साइबर अपराधका घटना वृद्धि भएपछि प्रहरीले विशेष प्रकृतिको साइबर ब्युरोका लागि कार्ययोजना निर्माण थालेको हो ।
अहिले महानगरीय अपराध महाशाखा केन्द्रीय अनुसन्धान विभागले आआफ्नै हिसावले साइबर अपराधका मुद्दामाथि अनुसन्धान गरिरहेका छन् ।
डिआइजी हेमन्त मल्लका अनुसार प्रहरीले यसको संरचनात्मक स्वरुपबारे छलफल चलाइसकेको छ ।
पछिल्लो समय सामाजिक संजालको प्रयोग गरेर अपराधा गर्ने क्रम बढको छ भने गुनासो पनि यही माध्यमबाट धेरै आउने गरेको पनि प्रहरीले जानकारी दिएको छ । कान्तिपुर दैनिकबाट।
Copyright © 2024 Bikash Media Pvt. Ltd.