२५ प्रतिशत लाभांश बाँड्ने सिद्धार्थको घोषणा

  २०८० असोज ४ गते ८:४१     विकासन्युज

काठमाडौं । सिद्धार्थ क्यापिटलले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको भदौै २८ गते बसेको बैठकले २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

क्यापिटलले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले हुन आउने ५ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

क्यापिटलले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न १२ औं वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । क्यापिटलको वार्षिक साधारण सभा असोज २५ गते नारायणचौर नक्साल काठमाडौंमा साँझको ४ बजे हुनेछ ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको २ लाख ६८ हजार ५ रुपैयाँ पारित गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.