२०८० असोज १६ गते १६:०१ विकासन्युज
काठमाडौं । सुदूरपश्चिममा भूकम्पका कारण भौतिक संरचनासहित मानवीय क्षति पुगेको छ । बझाङको सदरमुकामका केही पक्की घरहरू पनि चर्किएका छन् भने ठाउँठाउँमा पहिरो समेत गएका छन् ।
बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
यस्तै, ३ बजेर ५ मिनेटमा पुनः अर्को धक्का महसुस भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । उक्त भूकम्पको धक्का काठमाडौं लगायत विभिन्न जिल्लामा महसुस गरिएको छ ।
हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।
तस्वीर : सामाजिक सञ्जाल
Copyright © 2024 Bikash Media Pvt. Ltd.