२०८० असोज १७ गते १५:१० विकासन्युज
कीर्तिपुरमा आज आयोजित कार्यक्रममा विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले उत्कृष्ट शोधार्थी विद्यार्थीलाई सो अनुदान प्रदान गर्दै विज्ञानका उत्कृष्ट वैज्ञानिक विद्यार्थीले विश्वविद्यालयको गरिमा बढाउने र भविष्यमा थप उत्कृष्ट कार्य गर्ने अपेक्षा व्यक्त गरे ।विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन प्राडा विनिल अर्यालले चाइनिज एकेडमी अफ साइन्सेस विश्वकै उत्कृष्ट वैज्ञानिक निर्माण गर्ने संस्था रहेको र नेपालमा विज्ञान शिक्षाको विकास तथा गुणस्तरका लागि सहयोग गर्दै आइरहेको बताए । जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्रमुख प्राडा दीपक अर्यालले आर्थिक प्रोत्साहनका अन्य स्रोतमार्फत विद्यार्थीलाई अनुसन्धानमा उत्प्रेरित गर्नुपर्ने बताए । रासस
Copyright © 2025 Bikash Media Pvt. Ltd.