रसायनशास्त्र तर्फको नोबेल पुरस्कार ‘क्वान्टम डट’को खोजी गर्ने तीन वैज्ञानिकलाई

  २०८० असोज १७ गते १६:३९     विकासन्युज

काठमाडौं । रसायनशास्त्र तर्फको यो वर्षको नोबेल पुरस्कार क्वान्टम डट खोजी र संश्लेषण गर्ने मुङ्गी बावेन्डी, लुई ब्रुस अलेस्की एकमोभलाई संयुक्त रुपमा प्रदान गरिने भएको हो ।

क्वान्टम डटु भनिने सूक्ष्म कणका विशिष्ट गुणहरू हुन्छन् र तिनले अहिले टेलिभिजनको स्क्रीन र एलईडी बत्तीबाट आफ्नो प्रकाश फैलाउँछन् । जसले रासायनिक प्रतिक्रियामा उत्प्रेरकको काम गर्छन् । जसलाई सौर्य प्यानलमा पनि प्रयोग गरिन्छ ।

ट्युमरको अप्रेसन प्रकृयामा कोषलाई देखिनेगरी उज्यालो बनाउन पनि क्वान्टम डट जडित प्रविधिको प्रयोग गर्ने गरिन्छ । पुरस्का प्राप्त गर्ने तीनैजना अमेरिकामाकार्यरत वैज्ञानिक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.