बचतकर्ताको करोडौं रकम हिनामिना गर्ने देउराली सहकारीका अध्यक्ष पक्राउ, सीआईबीले अनुसन्धान गर्दै

  २०८० असोज १८ गते १५:०६     विकासन्युज

काठमाडौं । देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाई पक्राउ परेका छन् । बचतकर्ताको करोडौं रकम हिनामिना गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो ।

काभ्रेका ३९ वर्षीय चौलागाईं असोज १६ गते (मंगलबार) नै पक्राउ परेका हुन् ।

सीआईबीका अनुसार चौलागाईंमाथि सहकारीको ४ करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ हिनामिना गरेको आरोप छ । यो विषयमा सीआईबीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी गराएको छ ।

साथै, उक्त सहकारीबाट पीडित निक्षेपकर्ताहरुले तत्काल ब्यूरोमा सम्पर्क गर्न समेत सीआईबीले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.