२०८० असोज १८ गते १८:४४ विकासन्युज
काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसका निमित्त प्रमुखसहित प्राज्ञिक र प्रशासनिक सबै विभागका प्रमुखले सामूहिक राजीनामा दिएका छन् । निमित्त क्याम्पस प्रमुख लोकनाथ रेग्मीको अध्यक्षतामा बसेको बैठकले सामूहिक राजीनामा दिने निर्णय गरेको हो ।
स्रोतका अनुसार सहायक क्याम्पस प्रमुखहरु, विभागीय प्रमुख र उपप्रमुख, एमएस्सी कोर्डिनेटरहरु, निर्देशक र प्रशासन प्रमुखले सामूहिक राजीनामा दिने निर्णय गरेका हुन् ।
सो निर्णय अनुसार उनीहरु सबैले निमित्त क्याम्पस प्रमुख रेग्मीमार्फत इन्जिनियरिङ अध्ययन संस्थानको डिन कार्यालयमा राजीनामा बुझाएका स्रोतले बतायो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.