२०८० असोज २४ गते १८:५४ विकासन्युज
काठमाडौं । सेन्ट्रल फाईनान्सको सिमरा शाखाले विभिन्न मन्दिरहरुलाई डष्टबिन वितरण गरेको छ । फाइनान्सले जितपुर सिमरा उपमहानगरपालिका, वडा नं. १ स्थित श्री थानीमाई तथा दुर्गा मन्दिर र वडा नं. २ स्थित श्री पशुपतीनाथ तथा छठ्ठीमाई मन्दिर र श्री गढीमाई तथा सिद्वेश्वर महादेव मन्दिरमा डष्टबिन वितरण गरेको हो ।
संस्थाको सिमरा शाखा प्रमुख सन्तोष कार्कीले उक्त मन्दिरहरुका व्यवस्थापन समितिको अध्यक्षहरु क्रमशः राजकुमार भट्टराई, गणेशराज भारती र चन्द्र प्रसाद आर्चयलाई डष्टबिन वितरण गरेका थिए ।
यत्रतत्र छरिएका फोहोरहरुलाई व्यवस्थित गर्ने हेतु तथा मन्दिरमा दर्शनार्थ आउने भक्तजनहरुलाई मन्दिर परिसर सफा देखिनमा यो सहयोग सराहनीय रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्षहरुले बताए ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको सिमरा शाखाका शाखा प्रमुख सन्तोष कार्कीको अगुवाईमा उक्त कार्यक्रम भएको हो ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २६ वर्षदेखि गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै आएको यस संस्थाको कुपण्डोल स्थित केन्द्रीय कार्यालय सहित १९ वटा शाखा र भक्तपुरको सल्लाघारीमा एक (१) एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेको छ ।
संस्थाले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ्ग एप, एटीम डेबिट कार्ड, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, आरटीजीएस, मर्चेन्ट क्यूआर पेमेन्ट, क्यूआर टेलर, रेमिट्यान्स सेवा, सी-आस्वा जस्ता आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
संस्थाले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी थप डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै लैजाने लक्ष्य लिएको छ । ग्राहकहरुको बैंक खाता, वालेट, क्यूआर जस्ता विद्युतीय रकमान्तर तथा भुक्तानीका माध्यममा सहज पहुँचको व्यवस्था पनि मिलाएको संस्थाको विभिन्न शाखा कार्यालयहरुमा एटीएम सेवा पनि सञ्चालनमा रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.