२०८० कार्तिक १४ गते ११:०५ विकासन्युज
काठमाडौंं । जलवायु परिवर्तनका कारण हिमालमा परेको असरलाई न्युनिकरण गर्न १८ भन्दा बढी देशका विज्ञहरुको सम्मेलन शुरु भएको छ ।
मंगलबारबाट काठमाडौंमा सम्मेलन शुरु भएको हो । युनियन अफ एशियन अल्पान एशोसिएशनको आयोजनामा आज एकदिने सम्मेलन शुरु भएको हो । सम्मेलनमा हिमाललाई कसरी प्रवद्र्धन गर्ने, कसरी बचाउने र हिमालेका सुरक्षा र जलवायु परिवर्तनका कारण परेको असलाई कसरी न्युनिकरण गर्ने भन्नेबारेमा छलफल र समाधानबारे सम्बोधन हुने नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले बताए । उनले सम्मेलनमा चाइनाको सिटएमए, सिएमए लगायत अन्य १८ देशका प्रतिनिधिले सहभागिता जनाएको बताए । सम्मेलनमा युआइएका अध्यक्षको समेत सहभागिता रहेको जानकारी दिए ।
उनले भने, ‘आज हामी यु ट्रिपल ए भनेझैँ विभिन्न युनियन अफ एशियन अल्पान एशोसिएशन भनेर यो एशियाली महासंघको २० वटा जति राष्ट्रको प्रतिनिधि भएको एउटा संस्था हो । आज १८ बढी देशका प्रतिनिधि र चाइनाको सिटएमए, सिएमए लगायत अन्य १८ देशका प्रतिनिधि समेत आउनुभएको छ । यो दिनभर चल्छ र नेपाल माउण्टेन एशोसिएशनको ५० औँ वर्ष पुगेको अवसरमा एनएमएको वार्षिकोत्सवमा सहभागी हुन पनि आउनुभएको छ । यसमा हामी हिमालेका सेफ्टी प्लानिङ, ग्लोवल वार्निङका बारेमा कुराकानी गर्नेछौँ र चर्चा र समाधान खोज्नेछौँ । हिमाल सम्बन्धित एशियाली महासंघ भन्ने हो । युआइएको प्रेसिडेण्टको ८० देखि सयसम्म देश प्रतिनिधि भएको संगठन छ, युआइएको अध्यक्ष पनि यहाँ आउनुभएको छ ।’
उनले विभिन्न देशका प्रतिनिधिहरुले सम्मेलनमा हिमालमा देखिएका समस्या र समाधानका उपायहरुबारे चर्चा गर्ने बताए।
Copyright © 2024 Bikash Media Pvt. Ltd.