भारतमा एप्पलको व्यापारमा नयाँ रेकर्ड, सीईओ कुकले साटे खुसी

  २०८० कार्तिक १७ गते १८:१९     विकासन्युज

एजेन्सी । भारतीय बजारमा आईफोन निर्माता कम्पनी एप्पलको व्यापार फस्टाएको छ । सेप्टेम्बरमा कम्पनीले आम्दानीमा नयाँ रेकर्ड कायम गरेको छ । भारत एक ‘अविश्वसनीय रूपमा रोमाञ्चक’ बजार बनेको कम्पनीकाे भनाइ छ ।

एप्पलले आर्थिक वर्ष २०२३ को तेस्रो त्रैमासिकको नतिजा सार्वजनिक गरेको छ । कम्पनीले याे अवधिमा ८९.५ अर्ब डलरकाे काराेबार गरेकाे छ ।

कम्पनीका सीईओ टीम कुकले भारतको आम्दानी ‘अल टाइम रेकर्ड’ भएको बताएका छन् । कुक आफैंले पनि भारतमा कम्पनीको व्यापार फस्टाउँछ भन्ने कल्पना नै गरेकाे प्रतिक्रिया दिएका छन् ।

‘हामी भारतमा दोहोरो अंकको बलियो वृद्धिसँगै अगाडि बढेका छौं, यो हाम्रा लागि धेरै राम्राे बजार भएको छ र एक ठूलो फोकस पनि हो,’ कुकले भारतीय बजारबारे भने, ‘यो ठूलो बजारमा हाम्रो हिस्सा एकदमै कम छ, त्यसैले यहाँ धेरै काम गर्ने अवसर छ ।’

कुकले भारत एक ‘असाधारण बजार’ भएको पनि बताएका छन् । भारतका धेरै मानिस मध्यम वर्गतर्फ लागेको पनि उनको भनाइ छ । ‘हामीले यहाँ दुईवटा स्टाेर खोलेका छौं। यिनीहरूले हामीले सुरुवाती दिनमा नै राम्रो गरिरहेका छन् । र, म अहिले जसरी चलिरहेको छ त्यसमा खुसी हुन सक्दिनँ,’ उनले भनेका छन् ।

एकातिर एप्पलले चीनबाट हुने आम्दानीमा एकपछि अर्को झट्का सामना गरिरहेको छ ।

काउन्टरप्वाइन्टको मासिक भारत स्मार्टफोन ट्र्याकरले २०२३ को जुलाई–सेप्टेम्बर त्रैमासमा एप्पलको ढुवानी वार्षिकरू पमा ३४ प्रतिशत बढेर २५ लाख नाघेको जनाएको छ ।

बीक्यू प्राइमका अनुसार एप्पलले भारतमा लगभग ५० प्रतिशत आम्दानी वृद्धि गरेको छ । यसको आम्दानी लगभग ५ खर्ब भारु पुर्‍याएको छ । योसँगै नाफामा पनि राम्रो वृद्धि भएको उल्लेख गरेकाे छ ।