२०८० कार्तिक २४ गते १२:४४ विकासन्युज
काठमाडौं । एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकको लागिको क्यासब्याक अफर गरेको छ । एनएमबि बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुको लागि तुरुन्त २०० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो ।
तिहारमा विधुतिय कारोबार प्रोत्साहन गर्ने उदेश्यले नोभेम्बर ११ देखि १९ सम्म, बैंकको डेबिट कार्ड प्रयोग गरी पिओएस वा ई–कमर्स करोबारमा क्यासब्याक प्राप्त गर्न सकिने छ । क्यासब्याक प्राप्त गर्न एक पटकमा १ हजारको न्यूनतम भुक्तानी गर्नु पर्ने बैंकले जनाएको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १५७ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.