होण्डाको ‘दशैँमा दस लाख’ उपहार योजनामा गोकुल लामिछानेले जिते दस लाख

  २०८० कार्तिक २४ गते १७:१७     विकासन्युज

काठमाडौं । होण्डाको ‘दशैँमा दस लाख’ उपहार योजनामा ठिमीका गोकुल लामिछानेले दस लाख जितको छन् ।

होण्डाको मोटरसाइकल तथा स्कुटरले दशैँ तिहारको अवसरमा लिएर आएको आकर्षक उपहार योजना ‘दशैँमा दस लाख’ अन्तर्गत ठिमीका गोकुल लामिछानेले दस लाख रुपैयाँ जितेका छन् ।

मेट्रो अटो सेन्टर, गठ्ठाघर, भक्तपुरबाट बाइक खरिद गरेका लामिछानेले स्क्रयाच कुपन मार्फत दस लाख रुपैयाँ जितेका हुन् । होण्डा टु व्हिलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ग्राहकवर्गको उत्साहजनक सहभागिताका कारण यो योजना अवधिलाई छठ सम्म थप गरेको छ ।

यसका साथै, १०,००० सम्मको थप स्क्रयाच कुपन र १२,५०० रुपैयाँबराबरको ५ बर्षको एयमसि प्याकेज पनि जित्न सकिने ‘चुज योर स्कीम’ योजनाबाट पनि थुप्रै ग्राहकहरु लाभान्वित हुनुभएको कम्पनीले बताएको छ । ‘दशैँमा दस लाख’ उपहार योजना अन्र्तगत अन्य थुप्रै ग्राहकहरुले पनि रु. २५ हजार देखि रु. २ लाख सम्मको पुरस्कार जितिसकेका छन् । यो बर्ष होण्डाले ‘रु.१ मा फाइनान्स योजना’ र ’बिग बाइक’ किन्दा रु. १ लाख सम्मको छुट जस्ता आकर्षक योजनाहरु पनि सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.