मेरो माइक्रोफाइनान्स लघुवित्त १२औं वर्षमा प्रवेश

  २०८० कार्तिक २६ गते १५:१६     विकासन्युज

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड ११ वर्ष पूरा गरि १२औं वर्षमा प्रवेश गरेको छ ।
बार्षिकोत्सवका अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले संस्था देशकै अग्रणी लघुबित्त बित्तीय संस्था बन्न सफल भएको बताए ।

स्थापनाको ११ बर्षसम्म आइपुग्दा संस्थाले ग्राहक सन्तुष्टि र व्यावसायिक उत्कृष्टतालाई उच्चतम स्थानमा राखी सेवा प्रवाह गरिरहेको प्रमुख कार्यकारी अधिकृतले बताए ।

यस संस्थाले देशका ६४ जिल्लामा छरिएर रहेका १४९ शाखाहरुबाट करिब १ लाख ६० हजार ग्राहकहरुलाई उच्च स्तरीय लघुबित्त सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.