२०८० मंसिर १ गते ११:३५ विकासन्युज
एजेन्सी । आर्थिकरूपमा संकटग्रस्त देश पाकिस्तानमा राहदानीका लागि प्रयोग हुने ‘लेमिनेशन पेपर’ अभावले प्रमुख यात्रा कागजातहरू जारी गर्ने कार्यमा तीव्र गिरावट आएको छ ।
लेमिनेशन पेपर सामान्यतया फ्रान्सबाट आयात गरिन्छ। ‘द एक्सप्रेस ट्रिब्युन’ अखबारको समाचारअनुसार पढाइ, काम वा बिदाका लागि विदेश जान चाहिने राहदानी समस्या अन्त्य भएको छैन ।
पेसावरको राहदानी कार्यालयका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै भनिएको छ, ‘अहिले कार्यालयमा दैनिक १२ देखि १३ वटामात्रै राहदानी तयार भइरहेको छ भने यसअघि ३ हजारदेखि ४ हजारसम्म राहदानी बन्ने गरेको थियो ।’
यो समस्या कहिले समाधान हुन्छ भन्न नसकिने विभिन्न क्षेत्रीय राहदानी कार्यालयका स्रोतलाई उद्धृत गर्दै पत्रिकाले जनाएको छ । जनताले एक–दुई महिना कुर्नुपर्ने उनको भनाइ छ ।
तर, ‘पाकिस्तान अब्जर्भर’ पोर्टलले गृह मन्त्रालय स्रोतलाई उद्धृत गर्दै लेखेको छ, ‘पाकिस्तानले लेमिनेशन पेपरको अर्डर दिएको छ र एक साताभित्रै उनीहरूलाई उपलब्ध गराइने छ ।
देशमा ‘लेमिनेसन पेपर’ अभावका कारण क्षेत्रीय कार्यालयबाट दैनिक २५ हजारसम्म राहदानी नवीकरण वा जारी गर्नका लागि निवेदन आउने गरेको पनि समाचारमा उल्लेख छ । अब आवेदनको संख्या बढेर ५ लाख पुगेको छ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.