२०८० मंसिर १३ गते १५:३२ विकासन्युज
काठमाडौं । निर्वाचन आयोगका कर्मचारीहरुले जाजरकोटका भूकम्प पीडितलाई सहयोग गर्ने भएका छन् । नेपाल सरकारबाट स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्त, प्रदेश र जिल्ला निर्वाचन कार्यालयका कर्मचारीहरुले आर्थिक सहयोग गर्ने भएका हुन् ।
उक्त कोषमा प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुले ७ दिनको पारिश्रमिक गर्ने भएका छन् । त्यस्तै, आयोग एवम् आयोग अन्तर्गत प्रदेश र जिला निर्वाचन कार्यालहरुका कर्मचारीहरुमध्ये सचिव र सहसचिवहरुले ३ दिन, उपसचिव र शाखा अधिकृतहरुले २ दिन र सोभन्दा तलका कर्मचारीहरुले एक दिन बराबरको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेका छन् ।
उक्त निर्णय मंसिर १३ गते बसेको आयोगको बैठकले गरेको हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.