सुनको चमक घटेको हो ? उपभोक्ता अब प्लाटिनम ज्वेलरीतिर

  २०८० मंसिर १६ गते १७:४१     विकासन्युज

काठमाडाैं । तपाईंसँग कति सुन छ ? त्यसलाई सुरक्षित राख्नुहोस्, यो कठिन समयमा उपयोगी छ भन्ने भनाइ प्रशस्तै सुन्न पाइन्छ । विवाह होस् वा अन्य समारोह मानिसहरूले आफ्ना विशेष व्यक्तिलाई सुनका गहना उपहार दिन्छन् । तर, अहिले सुनको चमक हराउँदै गएको देखिन्छ ।

के यसमा कुनै सत्यता छ र ? ग्रामीण भेगमा हुने बिहेमा बेहुलाले बेहुलीलाई सुनका गहना दिन्छन् । तर, सहरी क्षेत्रमा भने यो तस्बिर अलि बदलिएको देखिन्छ ।

सहरी क्षेत्रमा प्लानिम ज्वेलरीतर्फ बेहुलाको झुकाव बढेको छ । त्यो चेन, ब्रेसलेट होस् वा झुम्का । अब यसका पछाडिको कारण पनि जान्न जरुरी छ ।

अहिले सुनको मूल्य प्रति १० ग्राम ६१ हजार भारु छ । अर्थात, सबैभन्दा सस्तो गहनाको मूल्य पनि ६१ हजारभन्दा कम हुने छैन । जबकि, प्रति १० ग्राम प्लाटिनमको मूल्य २५ हजार रुपैयाँमात्र छ । अर्थात, सुनको मूल्य प्लाटिनमको मूल्यभन्दा करिब साढे दुई गुणा बढी छ ।

परम्परागतरूपमा विवाहमा बेहुला र बेहुली दुवैको पहिलो रोजाइ सुन हुने गरेको सुनचाँदी व्यवसायसँग जोडिएकाहरू बताउँछन् । तर, मूल्यका कारण अहिले मानिसहरू प्लाटिनम गहनातर्फ आकर्षित भएका छन् । अहिले प्लाटिनमबाट बनेका गहनाको मूल्य २५ देखि ३० प्रतिशतले बढेको छ ।

प्लाटिनम आभूषणमा थप विकल्प

सबैभन्दा ठूलो कुरा के हो भने प्लाटिनमबाट बनेका गहनाको डिजाइन बढी हुन्छ । जबकि, सुनबाट बनेका गहनामा यो कम छ । यसको मतलब यो हो कि तपाईंसँग कम मूल्यमा प्लाटिनम गहनामा थप विकल्पहरू छन् र यस कारणले गर्दा प्लाटिनमले सुनलाई भारी पारिरहेको छ ।

इकोनोमिक टाइम्समा प्रकाशित रिपोर्टअनुसार यो चाडपर्वमा प्लाटिनम ज्वेलरी व्यापार २५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । प्लाटिनम गहना बनाउन लागत बढी लाग्ने भए पनि सुनको तुलनामा यो कम हुने गहना उद्योगसँग आबद्धहरू बताउँछन् ।

४० ग्राम प्लाटिनम र सुनको गणित

सहरी क्षेत्रका साथै ग्रामीण क्षेत्रमा प्लाटिनम गहनाको क्रेज बढेको छ । २ लाख रुपैयाँभन्दा कम मूल्य भएका ब्रेसलेट वा चेनतर्फ पनि मानिसको झुकाव बढेको छ । किनभने, २ लाखभन्दा बढी मूल्यका गहनाका लागि प्यान कार्ड दिनुपर्ने हुन्छ ।

४० ग्राम सुनबाट बनेको गहना किन्दा २ लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ भने ४० ग्राम प्लाटिनमबाट बनेको गहनाको मूल्य १ लाख रुपैयाँमात्र पर्छ ।

यो किन्नका लागि तपाईंले प्यान कार्ड दिनुपर्दैन। यसको अर्थ सरकारी समस्याबाट मुक्ति हो। अर्को एक रिपोर्टअनुसार सुनका गहनाको सट्टा सोभरिन गोल्ड बण्डप्रति युवापुस्ताको आकर्षण बढेको छ र सुनका गहना कम रुचाउनुको पनि यो ठूलो कारण हो ।