भारतका आठ ठूला सहरमा आवासीय घर बिक्री २२ प्रतिशत बढ्यो

  २०८० मंसिर १७ गते १३:४६     विकासन्युज

नयाँदिल्ली । उत्कृष्ट उपभोक्ता मागका आधारमा भारतका आठ ठूला सहरमा आवास बिक्री वार्षिकरूपमा २२ प्रतिशतले बढेको छ भने जुलाई–सेप्टेम्बरमा नयाँ परियोजनाहरू सुरु गर्ने दर १७ प्रतिशतले बढेको छ ।

रियल इस्टेट डिजिटल प्लेटफर्म प्रपटाइगर डटकमले यो जानकारी दिएको हो । आरईए भारतको स्वामित्वमा रहेको हाउसिङ ब्रोकरेज प्लेटफर्म प्रपटाइगरले आफ्नो रियल इनसाइट आवासीय जुलाई–सेप्टेम्बर २०२३ रिपोर्ट जारी गरेको छ ।

आरईए भारतसँग हाउजिङ डटकम र मकान डटकमको पनि स्वामित्व छ । रिपोर्टअनुसार आठ प्रमुख सहर दिल्ली–एनसीआर (राष्ट्रिय राजधानी क्षेत्र), मुम्बई महानगर क्षेत्र (एमएमआर), चेन्नई, कोलकाता, बेंगलुरु, हैदरावाद, पुणे र अहमदाबादमा आवासीय एकाइहरूको बिक्री तेस्रो त्रैमासिकमा बढेर १ लाख १ हजार २ सय २० युनिट पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा ८३ हजार २ सय २० युनिट थियो ।

चेन्नईबाहेक सबै सहरमा बिक्री वृद्धि रेकर्ड गरिएको छ । मुम्बई मेट्रोपोलिटन क्षेत्र ९एमएमआर० र पुणेको कुल बिक्रीमा निकै कम हिस्सा थियो ।

समीक्षा अवधिमा नयाँ आयोजना जारी गर्ने दर १७ प्रतिशतले बढेको छ । यस अवधिमा १ लाख २३ हजार ८० युनिट सञ्चालनमा आएका थिए भने अघिल्लो वर्षको सोही अवधिमा १ ला ४ हजार ८ सय २० युनिट बिक्री भएका थिए ।

आरईए इन्डियाका मुख्य वित्त अधिकारी एवं प्रपटाइगर डटकमका प्रमुख विकास वाधवानले भने, ‘शीर्ष आठ सहरको आवासीय बजार निरन्तर बुलिशमा छ। सकारात्मक उपभोक्ता भावनाले बलियो माग बढेको छ ।’

उनले बढेको खर्च गर्न सक्ने आम्दानी, स्थिर ब्याजदर र लगानीकर्ताको मागजस्ता कारण बिक्री बढेको बताए ।

जुलाई–सेप्टेम्बर २०२३ को तथ्यांकअनुसार हैदरावादमा बिक्री ३४ प्रतिशतले बढेर १० हजार ५ सय ७० एकाइबाट १४ हजार १ सय ९० एकाइ पुगेको छ ।

अहमदाबादमा घरको बिक्री गत वर्षको सोही अवधिमा ७ हजार ८ सय ८० इकाइको तुलनामा वार्षिकरूपमा ३१ प्रतिशतले बढेर १० हजार ३ सय युनिट पुगेको छ। बेंगलुरुमा बिक्री ७ हजार ८ सय ९० एकाइबाट बढेर १२ हजार ५ सय ९० एकाइमा अधिकतम ६० प्रतिशत वृद्धि भएको छ ।

दिल्ली (एनसीआर) मा बिक्री ५ हजार ४ सय ३० युनिटबाट ४४ प्रतिशतले बढेर ७ हजार ८ सय इकाइ पुगेको छ । कोलकातामा २ हजार ५ सय ३० युनिटबाट ३ हजार ६ सय १० युनिट बिक्रीमा ४३ प्रतिशत वृद्धि भएको छ ।

मुम्बईमा बिक्रीमा पाँच प्रतिशतमात्रै वृद्धि भएको थियो। वार्षिक आधारमा बिक्री २८ हजार ८ सय एकाइबाट ३० हजार ३ज सय एकाइमा बढेको छ। पुणेमा बिक्री १५ हजार ७ सय युनिटबाट १८ प्रतिशतले बढेर १८ हजार ५ सय ६० युनिट पुगेको छ । एजेन्सी