२०८० मंसिर १८ गते १६:०२ विकासन्युज
एजेन्सी । हुरुन इन्डिया टप २०० सूचीमा भारतका २ सय ‘सेल्फ मेड’ व्ययवसायीको नाम उल्लेख छ, जसले आफ्नै बलमा कम्पनी र व्यवसाय स्थापना गरेका छन् ।
अहिलेका लागि हामी तपाईंलाई यो सूचीमा समावेश शीर्ष १० सेल्फ–मेड व्यावसायी पुरुषहरूको नाम बताउन गइरहेका छौं जसले आफ्नै बलमा अर्बौंको कम्पनी बनाएका छन् । यो सूची आईडीएफसी फर्स्ट बैंक र हुरुन इन्डियाले संयुक्तरूपमा जारी गरेका हुन् ।
राधाकृष्ण दमानी
राधाकृष्ण दमानी पहिलो स्थानमा छन् । जो रिटेल कम्पनी एभिन्यू सुपरमार्टका संस्थापक हुन् । एभिन्यू सुपरमार्ट कम्पनीको कुल मार्केट क्याप २३ खर्ब ८१ अर्ब ८८ करोड रुपैयाँबराबर छ ।
सचिन बन्सल र बिन्नी बन्सल
फ्लिपकार्टका संस्थापक सचिन बन्सल र बिन्नी बन्सल सूचीमा दोस्रो स्थानमा छन् । दिग्गज कम्पनी वालमार्टले सन् २०१८ मा फ्लिपकार्टलाई १६ अर्ब अमेरिकी डलरमा अधिग्रहण गरेको थियो ।
दीपेन्द्र गोयल
दीपेन्द्र गोयल यो सूचीको तेस्रो स्थानमा छन् । गोयल अनलाइन फूड डेलिभरी कम्पनी जोमाटोका संस्थापक हुन् । वर्तमानमा जोमाटो कम्पनीको कुल मार्केट क्याप ८ खर्ब ६८ अर्ब ३५ करोड रुपैयाँ छ।
हर्ष जैन र भावित सेठ
ड्रीम ११ का संस्थापक हर्ष जैन र भावित सेठ चौथो स्थानमा छन् । यी दुवैलाई हुरुन इन्डियाको लिस्टमा चौथो स्थान दिइएको छ। ड्रीम ११ को कुल सम्पत्ति मूल्य ६ खर्ब ६५ अर्ब ४२ करोड रुपैयाँ छ।
श्रीहर्ष माजेती र नन्दन रेड्डी
भारतको हुरुन सूचीमा श्रीहर्ष माजेती र नन्दन रेड्डी चौथो स्थानमा परेका छन् । दुवैले स्विगी फूड डेलिभरी अप कम्पनी स्थापना गरेका छन् । यस कम्पनीको कुल सम्पत्ति मूल्य ६ खर्ब ६५ अर्ब ४२ करोड रुपैयाँ छ ।
हरशील माथुर र शशांक
हरशील माथुर र शशांकले रेजरपे फिन्टेक कम्पनी स्थापना गरेका छन् । यस कम्पनीको सम्पत्ति मूल्य लगभग ६ खर्ब २३ अर्ब ८४ करोड रुपैयाँ छ। हुरुन भारतको सूचीमा उनीहरू पाँचौं स्थानमा परेका छन् ।
अभय सोई
अभय सोई म्याक्स हेल्थ केयर इन्स्टिच्युटका प्रमुख हुन् । उनी हुरुन भारतको सूचीमा सातौं स्थानमा परेका छन् । म्याक्स हेल्थकेयर इन्स्टिच्युटको मार्केट क्याप ५ खर्ब ५० अर्ब ८५ करोड रुपैयाँ छ ।
विजयशेखर शर्मा
पेटीएमका संस्थापक विजयशेखर शर्मा यो सूचीको आठौं स्थानमा छन् । पेटीएम कम्पनीको कुल मार्केट क्याप ५ खर्ब ४३ अर्ब २८ करोड रुपैयाँ छ ।
कुणाल शाह
सीआरईडीका संस्थापक कुणाल शाह हुरुन इन्डियाको सूचीमा नवौं स्थानमा परेका छन् । हामी तपाईंलाई जानकारी दिन चाहन्छौं कि क्रेडिट कार्ड भुक्तानी प्लेटफर्म सीआरईडीको कुल सम्पत्ति मूल्य ५ खर्ब ४३ अर्ब २८ करोड रुपैयाँ छ ।
नितिन कामत र निखिल कामत
अनलाइन डिस्काउन्ट ब्रोकरेज फर्म जेरोधाका संस्थापक नितिन कामत र निखिल कामतलाई यो सूचीमा दसौं स्थान दिइएको छ । जेरोधा कम्पनीको कुल सम्पत्ति मूल्यको कुरा गर्दा यो करिब ५ खर्ब ६ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.