२०७३ मंसिर २८ गते १८:५३ विकासन्युज
काठमाडौं, २८ मंसिर । उद्योग राज्यमन्त्री कन्चन श्रेष्ठ बादेले हस्तकलाको प्रबद्र्धनको लागि कमजोर बजार व्यवस्थापन तथा कच्चा पदार्थको अभाव भएको बताएका छन् । नेपाल हस्तकला महासंघको चवालिसौं वार्षिकोत्सव तथा पाचौं हस्तकला दिवसका अबसरमा उनले हस्तकलाका भावी कार्यक्रमलाई ग्रामिणमुखी बनाई युवा रोजगारलाई प्रबद्र्धन गर्न महासंघ लाग्नुपर्ने बताए ।
त्यस्तै उनले उद्योग मन्त्रालय ११ हजार युवालाई प्रशिक्षण दिई स्वरोजगारको बातावरण सिर्जना गर्न तर्फ लागेको बताउँदै उद्योग मन्त्रालयले गरिबी न्यूनीकरण तथा युवा शक्तिलाई आफ्नो देश भित्रै रोक्नको लागि अन्य निकायबाट पनि सहयोगको अपेक्षा गरेको बताए ।
सो कार्यक्रममा महासंघका अध्यक्ष धर्मराज शाक्यले नेपाली हस्तकला व्यवसाय भनेको नेपलका पहिचान बोक्ने क्षेत्र भएकोले यस क्षेत्रको विकास, विस्तार र प्रबद्र्धनमा नेपाल सरकारले यथोचित सहयोग गर्नुपर्ने बताए ।
उनले नेपाली हस्तकला क्षेत्रले रोजगारी प्रबद्र्धनको साथै गरिबी न्यूनकिरणमा समेत सहयोग पु¥याई निर्यातमा बृद्धि मार्फत आयात प्रतिस्थापन गर्नको लागि सहयोग पु¥याउने हँुदा यस क्षेत्रको विकासमा सरकारको गम्भिर ध्यानाकर्षण हुनु पर्ने बताए ।
हस्तकला दिवसकै अवसरमा परम्परागत हस्तकलाका वस्तुहरु एवं बाह्रौ हस्तकला प्रतियोगिताका सहभागी कलाकारहरुबाट तयार गरिएका सामग्रीहरुको प्रदर्शनी पनि गरिएको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.