नेपाल एसबिआइ बैंकको एफपीओको आवेदन पुस १० गतेदेखि

  २०७३ पुष १ गते ११:२२     विकासन्युज

काठमाडौं, १ पुस । नेपाल एसबिआइ बैंकले पुस १० गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) को आवेदन खुल्ला गर्ने भएको छ ।nepal_sbi_bank
बैंकले प्रति सेयर ९७१ रुपैयाँमा ६७ हजार ७ सय ६७ कित्ता एफ्पीओ जारी गर्न लागेको हो । साधारण सेयर मुल्य सय रुपैयाँमा प्रिमियम बापत ८ सय ७१ थप गरी पति सेयर ९७१ अंकित मूल्य राखेर एफ्पीओ जारी गर्न लागेको बैंकले जनाएको छ ।

शुक्रबार बैंकले आव्हानपत्र जारी गर्दै एफपीओको आवेदन बन्द हुने म्याद छिटोमा पुस १३ र ढिलोमा पुस २४ गते राखेको छ ।
बैंकका अनुसार सो एफपीओमा न्युनतम १० कित्ता र अधिकतम ६ सय ७० कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन् । बैंकको धितोपत्र निष्कासन तथा विक्रि प्रबन्धकको रुपमा एनएमबी क्यापिटल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.