२०७३ पुष २ गते १२:३६ विकासन्युज
काठमाडौं २, पुस । भार्गव विकास बैंकले चुक्ता पूँजी १२ करोड रुपैयाँको २० प्रतिशत वोनस सेयर जारी गर्ने भएको छ । बैंकको संचालक समितिबाट भएको बोनस सेयरको स्वीकृति गर्ने, उपयुक्त वित्तीय संस्थासँगको मर्जर वा एक्विजिसनको स्वीकृतिका लागि बैंकले साधारण सभावबाट पारित गराउने भएको छ ।
बैंकले सो साधारण सभाबाटै विशेष प्रस्तावमार्फत यस्तो निर्णयको स्वीकृति लिने भएको छ । बैंकले पुस २३ गते शनिबार नेपालगन्जको कृष्ण होटलमा साधारणसभा बोलाएको छ ।
सभाबाट गत आर्थिक वर्षको नाफा नोक्सानसहितको वित्तीय अवस्थाको प्रस्ताव पनि पारित गराउने भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.