निक्षेप तान्न बैंकहरूबीच प्रतिस्पर्धा, बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी अभाव

  २०७३ पुष ६ गते ७:५१     विकासन्युज

काठमाडौं ६, पुस । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता)अभाव भएपछि एउटा बैंकमा भएको निक्षेप अर्कोमा तान्नका लागि प्रतिस्पर्धा देखिएको छ । पछिल्लो तीन महिनादेखि तरलता अभाव चर्किएसँगै निक्षेप तान्न बैंक तथा वित्तीय संस्थाबीच प्रतिस्पर्धा देखिएको हो ।

गत असोज महिनामा वाणिज्य बैंकहरूले आठ प्रतिशतभन्दा बढी ब्याजदरमा संस्थागत निक्षेप नलिने भद्र सहमति गरे पनि त्यसको कार्यान्वयन नभएको बैंकरहरू बताउँछन् ।

एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले पुस मसान्तसम्ममा अहिलेको अवस्था कायम रहेमा निक्षेपको ब्याजदर १२ प्रतिशतसम्म पुग्ने देखिएको बताए । “सरकारले विकास खर्च गरेको छैन, रेमिट्यान्स प्रवाह पनि घटेको हुँदा तरलता अभाव भएको छ,” उनले भने ।nepali - rupes

नागरिक लगानी कोषले ५ अर्ब निक्षेपका लागि आह्वान गर्दा नाम चलेको एक वाणिज्य बैंकले १२ प्रतिशत ब्याजदर प्रस्ताव गरेको जनाइएको छ । माघपछि विकास खर्च बढ्ने भएकाले अधिकांश बैंक तथा वित्तीय संस्थाले अहिले निक्षेप बढाउनका लागि अल्पकालीन प्रकृतिको ब्याजदरका ‘स्किम’ ल्याएका छन् ।

जसमा सय दिनेदेखि एक वर्षसम्मको मुद्दती निक्षेपमा आठदेखि साढे ९ प्रतिशतसम्म ब्याजदरको योजनाको प्रस्ताव बैंक तथा वित्तीय संस्थो गरेका छन् । अघिल्लो वर्षसम्म वाणिज्य बैंकको तुलनामा राष्ट्रियस्तरका विकास बैंकले निक्षेपमा दिने ब्याजदर बढी थियो । तर, अहिले कतिपय वाणिज्य बैंकले विकास बैंकले भन्दा बढी ब्याजदर प्रस्ताव गरेको अवस्था छ ।

सिद्धार्थ डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अजय मिश्र विकास बैंकका राम्रा निक्षेपकर्ता वाणिज्य बैंकले तानेर लग्ने गरेको बताए । “अघिल्लो वर्ष राम्रा ऋणीहरूलाई विकास बैंकबाट तानेर वाणिज्य बैंकले लग्ने गरेका थिए,” उनले भने, “यो पटक निक्षेपकर्तालाई तान्नका लागि प्रतिस्पर्धा हुने गरेको छ ।”

सरकारको विकास खर्च नबढेको तथा पुस मसान्तमा कर चुक्ता गर्नुपर्ने हुँदा वित्तीय प्रणालीमा अझै तरलता अभाव बढ्ने देखिन्छ । बैंक तथा वित्तीय संस्थालाई पुस मसान्तमा बासलात सुधार गर्नुपर्ने दबाब र करको लागि जाने ठूलो रकमले निक्षेपको ब्याजदर १२ प्रतिशत पुग्ने देखिन्छ । पछिल्लो समय राष्ट्र बैंकले प्रस्ताव गरेको ५ अर्ब रुपैयाँको निक्षेपमा ९।५ प्रतिशतभन्दा तल ब्याजदर प्रस्ताव गर्नेले बैंकहरूले निक्षेप पाएका थिएनन् । कारोबार दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.