तरलता अभाव हुदा निक्षेप र कर्जाको व्याजदर बढ्दै, निक्षेपकर्तालाई भने फाइदा

  २०७३ पुष ७ गते ११:१०     विकासन्युज

काठमाडौं, ७ पुस । बजारमा तरलता (लगानीयोग्य रकम) अभाव हुदा निक्षेपको व्याजदरमा बृद्धि भइरहेको छ । पछिल्लो समयमा बैंक तथा वित्तिय संस्थाहरुले निक्षेपको व्याजदर समेत बढाइरहेका छन् ।nikchep

तीन महिनाअघि सम्म निक्षेपमा २ प्रतिशतसम्म व्याज दिने बैंकहरुले तरलता अभाव भएपछि निक्षेप तान्नको लागि व्याजदर बढाउन प्रतिष्पर्धा गरीरहेका छन् । जसले गर्दा निक्षेपकर्तालाई फाइदा पुगेको छ ।

केही समययता सिभिल बैंकले निक्षेपको व्याज ८.२५ प्रतिशत सम्म पुर्याएको छ भने हिमालयन बैंकले ७.७५ प्रतिशत सम्म व्याज दिने घोषणा गरेको छ । त्यस्तै नविल बैंकले पनि निक्षेपको व्याज बढाएर ७.५० प्रतिशतसम्म पुर्याएको छ ।

कतिपय पुराना बैंकहरुले पनि व्याज बढाएका छन् । तरलता अभाव भएपछि निक्षेप तान्नको लागि बैंक तथा वित्तीय संस्थाहरुविच प्रतिष्पर्धा हुने गरेको छ । त्यस्तै निक्षेपमा व्याज बढेपछि बैंकहरुले कर्जाको व्याज पनि बढाउनेछन् ।

बैंकर्स संघका पूर्व अध्यक्ष उपेन्द्र पौडेलका अनुसार बजारमा तरलताको अभाव हुदा निक्षेपको व्याजदरमा बृद्धि भएको हो । ‘निक्षेपको व्याजदर बढ्दा स्वतः कर्जाको व्याजदर पनि बढ्छ र उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार हुन्छ ।’ पौडेलले भने ।

संस्थागत निक्षेपकर्ताको हकमा बैकर्स संघले १० प्रतिशत भन्दा व्याज नदिने निर्णय गरेको छ । यसअघि २०६६ सालमा तरलता अभाव हुदा बैंकहरुले संस्थागत निक्षेपकर्ताहरुलाई १३ प्रतिशतसम्म व्याज दिएर निक्षेप लिएका थिए ।

डेभलपमेन्ट बैकर एसोसिएनका अध्यक्ष कृष्णराज लामिछानेले तरलता अभाव भएको बताउँदै कतिपय बैंकहरुमा त तरलता अत्यधिक कसिलो हुदै गएकोले उनीहरु अब लगानी विस्तार गर्न नसक्ने अवस्थामा रहेको पनि बताए । उनले नीजी बैंकहरुसँगथ ब्याजदर बढाएर निक्षेप तान्नुको विकल्प नभएकोले व्याजदरमा बृद्धि गरिएकोे दावी गरे ।
उनले केही सरकारी बैंकमा तरलता बढी भएपनि निजी बैंक तथा वित्तिय संस्थामा भने तरलताको अभाव नै रहेको बताए ।

नेपाल राष्ट्र बैंकका प्रबक्ता नारायण पौडलका अनुसार बजारमा निजी बैंकहरुसँग तरलता अभाव भएपनि ओभरअलमा तरलता अभाव देखिएको छैन । उनले भने,‘हाम्रो सिस्टममा तरलता अभाव देखिदैन उल्टै १३ अर्व तरलता रहेको देखिन्छ तर नीजी क्षेत्रमा भने तरलता अभाव हुदै गएको कुरा भने साँचो हो । उनले केही बैंकहरुसँग तरलता बढी हुदा ओभरअल सिस्टममा नै तरलता बढी देखाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.