२०८० माघ १६ गते १८:०८ विकासन्युज
एजेन्सी । फ्रान्सको अर्थतन्त्र सन् २०२३ मा ०.९ प्रतिशतले वृद्धि भएको पाइएको छ । तर वर्षको अन्तिम दुई चौमासिकमा भने स्थिर रहेको तथ्याङ्क मङ्गलबार सार्वजनिक गरिएको छ। वार्षिक वृद्धिदर सरकारको प्रक्षेपण एक प्रतिशतको नजिक थियो।
सन् २०२२ मा फ्रान्सको अर्थतन्त्र २.५ प्रतिशत हुने अुनमान थियो । त्यहाँको सरकारले यो वर्ष अर्थतन्त्र १.४ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.