नेपाल वेयर हाउजिङको नाफा ९ करोड २१ लाख रुपैयाँ ऋणात्मक

  २०८० माघ १७ गते ९:१५     विकासन्युज

काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनीको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ऋणात्मक रहेको छ । कम्पनीले पुस मसान्तसम्म ९ करोड २१ लाख रुपैयाँ नोक्सानी बेहोरेको हो । गत वर्ष कम्पनीले २ करोड ९९ लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो ।

६ महिनामा कम्पनीले ६६ लाख १० हजार रुपैयाँ रेभिन्यू संकलन गरेको छ । साथै, कम्पनीको कुल आम्दानी ६६ लाख १७ हजार रुपैयाँ रहेको छ भने कुल खर्च ९ करोड ८७ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ६८ करोड ७५ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १३. ४० रुपैयाँ ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ९७.२३ रुपैयाँ छ ।

बजारमा देखिएको तरलताको अभाव, ब्याजदरमा भएको वृद्धीले नेपालको अर्थतन्त्र चुनौति पूर्ण अवस्थामा पुगेकोले कम्पनीले तय गरेको रणनितिक कार्यदिशा अनुरुपका लक्ष्यहरु हासिल गर्न कार्यशिल रहेको भएतापनी अपेक्षीत उपलब्धी हासिल गर्न चुनौति पूर्ण रहेको कम्पनीको भनाइ छ ।

साथै, मुलुकको राजनितिक अस्थिरता तथा समग्र आर्थिक क्षेत्रमा परेको असरले औधोगिक उत्पादन कमी आउदा भण्डारणमा पनि प्रत्यक्ष प्रभाव परेको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार प्रथम वर्षमा समेत १५ हजार मेट भण्डारण क्षमता भएको सुनसरी शाखामा ३० प्रतिशत भण्डारण गरिएको छ । साथै २५ हजार मेट दोस्रो इकाई पर्साको निर्माण समेत सम्पन्न भएकोले तेस्रो त्रैमासिकबाट आम्दानी सुरुवात हुने छ । त्यसैगरी १५ हजार मेट तेस्रो इकाई कपिलवस्तुको निर्माण समेत चालु आर्थिक वर्षमा सम्पन्न भई आम्दानी सुरुवात हुने कम्पनीको दाबी छ । नयाँ प्रकृतिको व्यवसायिक कारोबार भएकाले ग्राहकलाई व्यवसायका बारेमा सम्पूर्ण रुपमा बुझाउन केही थप समय लाग्ने देखिएको कम्पनीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.