श्रीलंकाले साना तथा मझौला उद्यमीलाई ऋण दिने

  २०८० फागुन १६ गते ७:०४     विकासन्युज


कोलम्बो । श्रीलंका सरकारले आर्थिक मन्दीबाट प्रभावित साना तथा मझौला उद्यमीहरू (एसएमई) र अन्य व्यवसायीहरूलाई सहयोग गर्न २० अर्ब रुपैयाँ (करिब ६४.५ मिलियन अमेरिकी डलर) ऋण उपलब्ध गराउने भएको छ ।

मन्त्रीपरिषद्का प्रवक्ता बन्दुला गुणवर्द्धनाले मंगलबार सो प्रयोजनका निम्ति एसियाली विकास बैंक (एडिबी) को सहयोग प्राप्त हुने पत्रकार सम्मेलनमा बताएका छन् ।

प्रवक्ता गुणवर्द्धनाले नयाँ र स्थापित दुवै व्यवसायलाई १५ अर्ब रुपैयाँ (४८.३ मिलियन डलर) ऋणमा पहुँच प्रदान गर्ने र बाँकी ५ अर्ब रुपैयाँ (१६.१ मिलियन डलर) निष्क्रिय कर्जाको मारमा परेका साना तथा मझौला उद्योगका लागि विनियोजन गरिने बताए । ऋण संस्थाहरूमार्फत वितरण गरिनेछ ।